दीपककुमार साहले लिए उद्योगमन्त्रीको शपथ

10 Shares

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री साहलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मालगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो ।

साह गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–४ बाट निर्वाचित भएका हुन् ।


यसअघि ग्यास अभावलाई लिएर आलोचना भइरहेका बेला गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएकी थिइन् । उनको राजीनामापछि प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति पौडेलले साहलाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार