आज बाढी तथा पहिरोको जोखिम कहाँ कति ? यात्रा कसरी गर्ने ?

11 Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मौसम विज्ञान विभाग, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।

हाल कोशी, मधेस, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका सबै भूभाग तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा सामान्यतया बादल लागेको छ। गण्डकी र सुदूरपश्चिमका तराई भूभागमा भने आंशिक बदली रहेको छ।

कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ । कोशी, बागमती र गण्डकीका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । सुदूरपश्चिमसहित अन्य प्रदेशका तराई भूभागका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मधेस, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग र बागमती तथा गण्डकीका हिमाली, पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ । आज राति पनि देशभर सामान्यतया बदली रहनेछ ।

कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार