प्रधानमन्त्रीको अमेरिका भ्रमण स्वीकृत, कस्तो छ भ्रमण तालिका ?

10 Shares

काठमाडौं । सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री शाहको नेतृत्वमा जाने नेपाली प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्री शाह असोज ६ गते अमेरिका प्रस्थान गर्नेछन् । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने प्रवक्ता पोखरेलले बताए ।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भई नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार