भोटेकोशी बाढी अपडेट: बुधबार रातिसम्म कहाँ के भयो ? शव कति ?

13 Shares

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा फसेका मध्ये १ हजार ३ सय ७२ जनाको शव फेला परेको छ ।

बुधबार राति ८ बजेसम्म फेला परेका शवमध्ये रसुवामा १ सय ७८, नुवाकोटमा १ सय ९७, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७७, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २७ र नवलपरासी पश्चिममा २ सय २२ वटा रहेका छन् ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ६ सय १६ गरी २ हजार ९ सय २ वटा डिएनए नमुना सङ्कलन गरिएको छ ।

हालसम्म १ हजार १ सय ४८ शव व्यवस्थापन गरिएको छ । पहिचान हुन बाँकी १ हजार २ सय ९५ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ । बाढी प्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय ७५ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

हालसम्म बेपत्ता ४ हजार ७७ जनाको खोजी भइरहेको छ भने विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा ३ हजार ३० जना राखिएका छन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार