प्रिय मधेश संयमित बनौंः अफवाह नफैलाऔं, परिस्थिति बुझौं र शान्ति निर्माणमा जुटौं

56 Shares

१४ साउन, काठमाडौं । सुनसरीको कप्तानगन्जमा भएको घटनाले ५ दिनपछि थप उग्ररुप लिएसँगै सामाजिक सञ्जालमा नेतादेखि सर्वसाधारणका अभिव्यक्ति बढ्न थालेका छन् ।

केही अभिव्यक्तिहरुमा अनुमान वा कपोकल्पित तथ्यहरु देखिएका छन् । समाजिक सञ्जाल प्रयोगकर्ताले केही पुराना भिडियोका साथै तस्वीरलाई हालका घटनाक्रमसँग जोडिरहेका पनि छन् । अहिले मधेश क्षेत्र नै अशान्त छ । यस्तो अशान्त अवस्थामा सबैको दायित्व मानव जीवन जोगाउँदै परिस्थितिलाई शान्त कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्ने भएकाले सामाजिक उत्तरदायित्व वहन आवश्यक देखिन्छ ।

कप्तानगञ्जमा भएको घटना र त्यसपछि सिरहा, धनुषालगायत विभिन्न स्थानमा देखिएको तनावले परिस्थितिलाई थप संवेदनशिल बनाएको छ । खास यस किसिमका घटना सामान्य छलफल र मध्यस्थताबाटै सल्टिनुपर्ने हो । तर, अहिले धार्मिक तथा सामुदायिक तनावको रूपमा देखा परिरहेको छ ।

जटिल परिस्थितिले जोखिम बढिरहेको यो अवस्थामा प्रत्येक नागरिक, सञ्चारमाध्यम, राजनीतिक दल, सामाजिक अभियन्ता तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको भूमिका अत्यन्त संवेदनशील र जिम्मेवार बन्नै पर्ने देखिन्छ। त्यसैले कोही कसैले पनि अपुष्ट एवम् अनधिकृत सूचना, पुराना तथा असान्दर्भिक भिडियो, उत्तेजक अभिव्यक्ति, सम्पादन गरिएका तस्वीर र सम्पूर्ण समुदायलाई दोषी देखाउने किसिमले कुनैपनि प्रकारले केही पनि सामग्री नराखौं । थप हिंसाको जोखिम न्यूनिकरणमा जुटौं ।  एउटा गलत सूचना एवम् पोस्टले केही समयमै डर, भय, आक्रोश र प्रतिशोधको भावना उत्पन्न गराउन सक्ने हुँदा कुनै पनि सामग्री सञ्चारका कुनै पनि माध्यममा प्रकाशन वा प्रसारण गर्नु पहिले विचार गरौं । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार