बडादशैंको टीकाजमरा ग्रहण जारी, काठमाडौंको अवस्था कस्तो ?

32 Shares

काठमाडौं ।  बडादशैं अन्तर्गत विजयादशमीको आज चौथो दिन अर्थात द्वादशी, आज पनि मान्यजनको हातबाट नवदुर्गाको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम देशभर जारी छ।

विजयादशमीका दिन टीका लगाउन नभ्याएका वा टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर टीका(जमरा लगाउने र शुभकामना साटासाट गर्ने क्रमले आज पनि निरन्तरता पाएको छ। नेपाली परम्परा अनुसार विजयादशमीका दिन सुरु भएको टीका र जमरा लगाउने यो सिलसिला आश्विन शुक्ल पूर्णिमा अर्थात् कोजाग्रत पूर्णिमाका दिनसम्म चल्ने गर्दछ।

लामो समयदेखि भेटघाट नभएका परिवारजन र आफन्तहरूबीच पुनर्मिलन गराउने माध्यमका रूपमा दसैँलाई लिइन्छ। यस पर्वले समाजमा आपसी सद्भाव, भाइचारा र विश्वासलाई अझ मजबुत बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

मान्यजनबाट आशीर्वाद लिन जाने मानिसहरूको आवागमन बढेसँगै काठमाडौं उपत्यकालगायत देशका मुख्य सहर तथा सडकहरूमा चहलपहल बाक्लो देखिएको छ। यसैबिच, दसैँ मनाउन गाउँ तथा घर फर्किएका सर्वसाधारणहरू पुनः आफ्नो कार्यक्षेत्र तथा गन्तव्यतर्फ फर्किने क्रम पनि तीव्र बनेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार