१४ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (वालेन) ले देशवासीका नाममा सम्बोधन गर्दैछन् ।
सुनसरीमा पाँच दिन अघिदेखि शुरु तनावले उग्ररुप लिँदै मधेशभर फैलिने संकेत गरेसँगै प्रधानमन्त्री बालेनले सम्बोधन गर्न लागेका हुन् । बिहीबार अपराह्न (अहिले केहिवेरमा) उनले सम्बोधन गर्दैछन् ।
सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच दिनपछि गृहमन्त्री सुधन गुरूङलाई त्यता पठाएर बालेनले देशवासीलाई सम्बोधन गर्न लागेका हुन् । सुधनसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि त्यता जाँदैछिन् ।
बालेनले यसअघि बुधबार सामाजिक सञ्जालमा लेखेर सुनसरी घटनाका दोषीलाई कारबाही गर्ने उनले बताएका थिए ।