
काठमाडौं । रुसले युक्रेनका थप १,००० सैनिकका शवहरू युक्रेनलाई फिर्ता गरेको छ ।
रुसी सञ्चार माध्यम तासका अनुसार युक्रेनले आफ्ना १ हजार सैनिकको शव दिएपछि रुसलाई १९ रूसी सैनिकका शवहरू फिर्ता गरेको हो ।
“जम्मा १,००० वटा शवहरू युक्रेनलाई फिर्ता गरिएको छ, र रुसले १९ वटा शवहरू प्राप्त गरेको छ,” तासले स्रोतलाई उल्लेख गर्दै लेखेको छ ।
यसअघि, जुन १९ मा राष्ट्रपति भ्लादिमिर पुटिनले रुस पहिले नै हस्तान्तरण गरिएका ६,००० शवहरू अतिरिक्त युक्रेनका थप ३,००० मृत सैनिकका शवहरू फिर्ता दिन तयार रहेको बताएका थिए।