मधेस सरकारबाट बाहिरियो एमाले

45 Shares

काठमाडौं । मधेस प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ। 

एमालेका चार जना मन्त्रीले शुक्रबार राजीनामा दिएसँगै एमाले मधेश सरकारबाट बाहिरिएको हो ।

एमालेले मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले राजीनामा बुझाएका छन्।

एमालेका मन्त्रीहरूले प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसमेत बुझाएका छन्।

एमालेले नयाँ सरकार गठनको कसरत अघि बढाउने उद्देश्यले सरकारबाट समर्थन फिर्ता लिएको जनाएको छ। 

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार