१० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन, केही अस्वीकृतको लिस्टमा

10 Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १० देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

समितिबाट भारत, चीन, अमेरिका, बेलायत, जर्मनी, इजरायल, ओमान, दक्षिण कोरिया, स्पेन र श्रीलंकाका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरिएको हो ।


समितिबाट अनुमोदित हुनेमा भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा र जर्मनीका लागि सरु जोशी छन् ।

त्यस्तै, इजरायलका लागि सुरेश कुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम अनुमोदन भएको छ ।

यसैबीच, मलेसिया, जापान र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतको नाममा भने समितिले निर्णय गर्न बाँकी छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार