काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २ वटा अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट अध्यादेश जारी भएको शीतलनिवासले जनाएको छ ।
राष्ट्रपतिले वनसम्बन्धी केही ऐन संशोधन अध्यादेश र भूमिसम्बन्धी केही ऐन संशोधन अध्यादेश जारी गरेका हुन् ।
सरकारले संसद् अधिवेशन अन्त्य गरेलगत्तै राष्ट्रपतिसमक्ष अध्यादेश सिफारिस गरेको थियो ।