गायिका अञ्जुले ल्याइन तीज गीत, 'वर्षमा एक चोटी' ले सबैलाई नचाउने

8 Shares

काठमाडौं । प्राय सधैंजसो तीजका अवसरमा आफ्नो गीती कोशेली लिएर आउने गरेकी गायिका अञ्जु श्रेष्ठले यसपाली पनि तिजको कोशेली एक वर्षमा एक चोटी  लिएर आएकी छिन् ।

तीज पर्वलाई सौहार्दताको परम्परासँग जोडेर हेर्दै उनले यसको जर्गेनाका लागि हरेक वर्ष तीज गीत सार्वजनिक गर्ने गरेकी छन् । 

यस पालीको तीज गीत ल्याउने बेलामा तयारी गर्दैगर्दाका समय रसुवामा बाढी गएपछि उनले यता समय दिन सकिनन् । तयारी भैसकेको र शुटीङ समेत भैसकेको र खर्च समेत भएको अवस्थामा गीत यसै थन्काएर राख्ने पनि कुरा भएन । यहि बाध्यताका कारण उनले तीजको सम्मुखमै भएपनि गीत सार्वजनिक गरेकी हुन् । 

यस गीतमा नृत्य समेत उनैको छ । उनलाई डिम्पल नगरकोटीले छमछमी नाच्दै साथ दिएकी छिन् । कोरीयोग्राफी एवं निर्देशन भने मौसम हिमालीले गरेका छन् । गीतको निर्माता गंगामाया श्रेष्ठ हुन्,  भने भीडीयो छाँयाकन दीनेश पराजुलीले गरेका छन् । मनोज कार्कीले कलर र सम्पादन गरेका छन् भने श्रृंगार संगीता मिजारको रहेको छ ।

एक वर्षमा एक चोटी को शब्द दीपक शर्मा र निशान साउदले लेखेका छन्, भने स्वयम दीपक शर्माले संगीत दीएका छन् । नरेन्द्र वियोगीले मिक्सीङ एवं मास्टरीङ गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार