प्रदेशमा गगन-प्रचण्डको नयाँ रणनीति ! एमाले के ?

56 Shares

काठमाडौं । प्रदेशमा कसले कसरी कब्जा जमाउने भन्नेबारे पछिल्ला दिनहरुमा राजनीतिक सरगर्मि बढेको छ । प्रदेश सरकार चलाउने विषय शक्ति र प्रतिष्ठाको विषय नै हो । त्यसैले पनि केन्द्रमा आफ्नो पकड गुमाएका राजनीतिक दलहरु प्रदेश सरकारतर्फ सोझिएका छन् ।

अब नेपाली कांग्रेसका सभापति गगन कुमार थापा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) यसैमा घनिभुतरुपमा लाग्दैछन् । प्रचण्ड तीन दिने श्रीलङ्का भ्रमण सकेर फर्किएका छन्।

गगन र प्रचण्डबीच अब प्रदेश सरकार कसरी अगाडि बढाउने विषयमा छलफल हुने भएको हो ।

गगन र प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार उनीहरूले गत मंगलबार प्रचण्ड कोलोम्बो उड्ने बेलामा भेटवार्ता गरेका थिए।


भेटवार्ता सकारात्मक रहे पनि अन्तिम निष्कर्षमा नपुगेकाले सम्भव भए आइतबार साँझ नै नभए सोमबार  गगन र प्रचण्ड फेरि भेट्ने तयारी रहेको हो ।

प्रदेश सरकारहरूमा कांग्रेसले एमालेसँग सहकार्य नगर्ने निर्णय लिएर अघि बढिसकेको छ। त्यसको विकल्पमा कांग्रेस र नेकपा मिलेर सरकार बनाउने तयारी छ। त्यसकै लागि दुई दलले केन्द्रमा गर्ने निर्णय प्रदेशका नेताहरूले कुरिरहेका छन् ।

आइतबारको एक सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका सभापति थापाले प्रदेशमा तीन दलीय गठबन्धन अगाडि नबढ्ने स्पष्ट पारिसकेका छन् । उनले कांग्रेस, नेकपा र एमालेबीच गठबन्धन नहुने स्पष्ट पारेका छन् । अब यस्तोमा नेकपा र कांग्रेसबीचको गठबन्धनबारे निर्णयतिर जान सक्ने सम्भावना छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार