कांग्रेसले गर्‍यो फागुन २१ को निर्वाचनमा सहभागी हुने निर्णय

398 Shares

काठमाडाैं । नेपाली कांग्रेसले अन्तरिम सरकारले फागुन २१ गते घोषणा गरेको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । 

नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले निर्वाचनमा भाग लिने निर्णय गरेको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिएका छन् । जेन–जी आन्दालनपछि विकसित राजनितिको उचित निकास निर्वाचन नै भएको प्रवक्ता महतले जनाएका हुन् ।

अन्तरिम सरकार गठन तथा प्रतिनिधि सभा विघठनको विषय राजनीति मात्रै नभई संवैधानिक पनि भएकोले सवोच्च अदालतले यसको अन्तिम व्याख्या गर्ने कांग्रेसले जनाएको छ । 

'२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा वर्तमान राजनितिको् उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ ।', प्रवक्ता महतले भने, 'निर्वाचन मार्फत नै संविधानको रक्षा तथा जेनजी प्रर्दशनका क्रममा परिवर्तनमा उठाईएको आवाजलाई संस्थागत रुप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो भएका दृढ विश्वास रहेको छ ।’ 

कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागी निर्वाचन आयोग दर्ता गर्ने निर्णय गरेको छ । जेन–जी आन्दोलनमा भएका मृतकहरुलाई क्षतिपुर्ती दिन र घाईतेहरुको उचित उपचार गर्न, भदौ २४ गते भएको आगजानी, लुटपाट र आक्रमणमा संलग्नलाई कारबाही गर्न, आर्थिक क्षति पुगेका व्यवसायिक प्रतिष्ठानलाई उचित क्षतिपूर्ति प्रदान गरी लगानीको वातावरण बनाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार