काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारका मन्त्रीहरुलाई संयमित भएर बोल्न चेतावनी दिएका छन् ।
सोमवार पार्टीद्वारा काठमाडौंमा आयोजित घर फर्क राष्ट्रिय अभियान घोषणा सभालाई सम्बोधन गर्दै ओलीले सरकारको कार्यशैलीप्रति आपत्ति नजाएका छन् ।
ओलीले वर्तमान सरकारलाई तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने कार्यभार दिएको भएपनि विवादस्पद कार्यगरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।
‘अहिले सरकारका मन्त्रीज्यूहरुलाई धेरै जिब्रो नचलाउन म आग्रह गर्न चाहान्छु । अनि तपाईहरुलाई फागुन २१ गते चुनाव गराउने भनेको होइन ? सुन्नुभएको छैन ? कहिले राजुदत फिर्ता गरेको छ, फिर्ता नगर भनेर अदालतले भन्छ त्यसपछि पनि हाजिर हुनु ? अहिलेको सरकारभन्दा माथिका मान्छे पनि एम्बेस्डर हुनको लागि जान्छन् देशको प्रतिनिधिको हैसियतले । राजदुतहरु फिर्ता भएर परराष्ट्र मन्त्रालयमा हाजिर हुुनु रे । यो कस्तो आदेश हो ? कुन संसारमा छौं तिमीहरु ? कानून थाहा छ कि छैन, कुटनीति थाहा छ कि छैन, राजदुत आएर मन्त्रालयमा हाजिर हुनु रे । सेवाबाट गएको सचिव होइन नि राजदुत उ त विद्वत व्यक्तित्व हो । उ गएर परराष्ट्रमा हाजिर गर्ने ? यस्ता हावा कुरा गर्ने ? अलि सम्हालिएर व्यवहार गर्नुपर्छ नि सरकारले, यस्ता कुरा गर्ने ? ओलीले चेतावनी दिदै भनेका छन्, 'सरकारको अवधि चार महिना पनि बाँकी छैन, फुर्ति चाहीँ घामजुन रहुञ्जेल रहनेहुन की जस्तो छ । चुनाव गरेर देखाउ न, आफूलाई दिइएको जिम्मेवारी पो गरेर देखाउनुपर्छ त । यो सरकार चुनाव बनाउन बनेको होइन । हामीले यस्तो धेरै देशमा देखेका छौं ।’