प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने विपक्षी दलको निष्कर्ष

116 Shares

काठमाडाैं । विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री केपी ओलीले तत्कालै राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।

माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा आज बिहान बसेकाे बैठकले यस्ताे निष्कर्ष निकालेकाे हाे। 

सरकारले नागरिकमाथि बर्बर दमन गरेको विरोधमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान संसद्‍मा प्रतिनिधित्व गर्ने विपक्षी दलको बैठक बोलाएका थिए। 

बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने निष्कर्ष निकालेकाे माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार