सरकारले हटायो सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध

42 Shares

काठमाडौं । सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध हटाएको छ । 

सोमबार राति बसेको मन्त्रिपरिषद बैठकपछि सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । 

सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनुपर्ने माग गर्दै भएको जेनजी आन्दोलनको क्रममा धेरैको मृत्यु भएपछि प्रतिबन्ध हटाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले बताएका छन् । 

दर्ताका लागि ताकेता गर्दा ‘तेरो देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैनौं’ भनेर सामाजिक सञ्जालका सञ्चालकहरुले जवाफ दिएको मन्त्री गुरुङको भनाइ छ ।

यद्यपी, मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालको प्रतिबन्ध हटाउने मन्त्रीहरुको प्रस्तावमा असहमति जनाएका थिए ।

विदेशी कम्पनीहरुले नेपाललाई हेपेको बताउँदै ओलीले यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने र नागरिकले पनि यो कुरा बुझ्नुपर्ने बताएका थिए । यसै विषयलाई लिएर कांग्रेसका केही मन्त्रीहरुले ओलीसँग विवादसमेत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार