अजयको लर्के जोवान सार्वजनिक (भिडियो)

53 Shares

काठमाडाैं । गायक अजय दोङको आवाजमा ‘लर्के जोवन’ सार्वजनिक भएको छ।

अजय दोङको स्वर र सुसन लामाको शब्द तथा संगीत रहेको गीतका शब्द तथा संगीत सिर्जना गरेका सुसन लामा आफैले गरेका छन्। सुसनले गीतमा नेपाली मौलिक कौडा संगीतको भाव र सांस्कृतिक स्वादलाई समेट्ने प्रयास गरेका छन्। 

गीतको भिडियोमा रिया लामा, अजय दोङ, लुना बुधाथोकी र रोबिन मगरको अभिनय रहेको छ। नेपाली मौलिक भेषभूषा, सांस्कृतिक परिवेश र कौडा नृत्यलाई समेटिएको भिडियोले नेपाली लोकसंस्कृतिको सुन्दर झल्को प्रस्तुत गरेको छ।

गीतमा नोर्बु शेर्पाको संगीत संयोजन रहेको छ। गितारमा विकास गजमेर, बाँसुरीमा नगेन्द्र विक्रम राई तथा मादल, खैँजडी, पैजनी र टिन्चुमा भरत बुधाथोकीले वाद्यवादनमा साथ दिएका छन्। अर्पण स्टुडियोमा तयार पारिएको गीतमा अर्पण थिङ तामाङको पनि संलग्नता रहेको छ।

भिडियोमा सरिता प्रजापतिको मेकअप, सञ्जोक एन्ड टिमको प्रकाश व्यवस्थापन र मणिक पाख्रिनको कला निर्देशन रहेको छ। गीतको कोरियोग्राफी तथा निर्देशन प्रतीक ङेस्युरले गरेका हुन् भने सहायक क्यामेरामा आइता जिमे सहभागी छन्। भिडियोको छायाङ्कन तथा सम्पादन विनोद याक्खाले गरेका छन्।

भिडियोः

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार