भोटेकोशी बाढी अपडेट: आजसम्म कहाँ के-के भयो ?

12 Shares

काठमाडौं। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार साँझ ५ बजेसम्म १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ ।

फेला परेका शवमध्ये रसुवामा १ सय ६९, नुवाकोटमा १ सय ९६, धादिङमा ७०, चितवनमा ३ सय ६३, गोरखामा ७५, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय २३ र नवलपरासी पश्चिममा २ सय २१ जनाको शव फेला परेको हो ।

शव पहिचानका लागि मृतकका १ हजार २ सय ८० र आफन्तका १ हजार २ सय ९० गरी २ हजार ५ सय ७० वटा डिएनए नमुना सङ्कलन गरिएको छ । आवश्यक प्रक्रिया पूरा गरी हालसम्म १ हजार १ सय १४ वटा शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । पहिचान हुन बाँकी १ हजार ३ सय ११ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनका लागि ७ हजार ९ सय १२ जना प्रहरी परिचालन गरिएको छ । प्रहरीका अनुसार अझै ४ हजार ७७ जना बेपत्ता छन् । विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा ३ हजार १ सय ९० जना राखिएका छन् ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार