काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन'ले पदबाट राजीनामा दिएका छन् ।
प्रतिनिधिसभामा उम्मेदवार बन्नका लागि मेयर साहले पदबाट राजीनामा दिएका हुन्। राजीनामा दिएका बालेन रास्वपाका वरिष्ठ नेता मनोनित समेत भइसकेका छन् ।
बालेनले माघ ५ गतेबाट चुनावी अभियान थाल्ने बताइएको छ । उनी यसका लागि मेस झरिसकेका छन् ।
बालेन र रवि लामिछाने जनकपुर पुगेर माघ ५ गतेको कार्यक्रमलाई सम्बोधन गर्ने तयारी गरिरहेको बताइएको छ।