वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिरमा दर्शनार्थीको भीड

44 Shares

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एक दिन मात्र खुल्ने तुलजा (तलेजु) भवानीको मन्दिरमा आज खुला गरिएको छ । मन्दिर खुलेसँगै शुक्रबार बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ।

साक्षात् देवीको रूपमा पुजिने तुलजा भवानीको दर्शन गर्न सर्वसाधारणलाई वर्षको एक दिन अर्थात् महानवमीको दिन मात्र  प्रवेश गर्न दिइन्छ।

इतिहासमा उल्लेख भए अनुसार कान्तिपुरका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लले तुलजा भवानीसँग पासा खेल्ने गर्दथे। तुलजा भवानीलाई मल्ल राजाहरूको कुलदेवीको रूपमा समेत पुजिन्छ।

तुलजा भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबार स्थित मूलचोकमा राखिएको छ। तुलजालाई विजयादशमीका दिन बिहान मात्र मूल मन्दिरमा फर्काइने छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार