काठमाडौं । जिल्ला निर्वाचन कार्यालय चितवनले तीन हजार ३६२ मतदाताको नाम मतदाता सूचीबाट हटाएको छ ।
मतदाता नामावली अध्यावधिक कार्यक्रमअन्तर्गत दोहोरो दर्ता भएका, मृत्यु भएका, नागरिकता परित्याग गरेका मतदाताहरुको नामावली हटाइएको हो ।
यसरी हटाइनेमा दोहोरो दर्ता भएका एक हजार ९४३ जनाको हटाइएको हो । आयोगको प्रणालीबाट जाँच गर्दा दोहोरो कायम भएको भेटिएका उनीहरुको नाम हटाईएको हो ।
कार्यालयका प्रमुख भीमसेन कार्कीका अनुसार भदौ १२ गते सम्म मृत्यु दर्ता गरेका एक हजार ३८० जना र नागरिकता परित्याग गरेका ३९ जनाको समेत मतदाता नामावलीबाट नाम हटाइएको हो ।
मृत्यु भएकाहरुको सम्बन्धित वडा कार्यालय र मृतकका परिवारले कार्यालयमा दर्ता गरेको मृत्यु प्रमाणपत्रका आधारमा नाम हटाइएको हो । नागरिकता परित्याग गर्नेहरुको जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा हटाइएको उनले बताए ।
गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचन जिल्लामा चार लाख ४२ हजार ८२ मतदाता रहेका थिए । फागुन २१ गतेको मतदानपछि १३ हजार १३४ जना मतदाता थपिएका छन् ।