आईसीसी  विश्वकप लिग २ मा नेपालको जित, जोगियो ओडीआई स्टाटस

39 Shares

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा घरेलु टोली ओमानलाई पराजित गरेको छ । योसँग्ै नेपालले ‘ओडीआई’ स्टाटस जोगाएको छ । 

अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा भएको खेलमा ओमानलाई १० रनले हराउँदै नेपालले लिग २ को शीर्ष ६ मा स्थान बनाउँदै ‘ओडीआई’ स्टाटस जोगाएको हो । 

नेपालले दिएको २८१ रनको लक्ष्य पछ्याएको ओमान २७० रनमा रोकियो ।  ओमानका जतिन्दर सिंहले ८९ र हम्माद मिर्जाले ८७ रन बनाए पनि टोलीलाई जिताउन सकेनन् । नेपालका लागि ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २८० रन बनाएको थियो । 

नेपालका लागि रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले १२० बलमा १३९ रनको शतकीय साझेदारी गरे । पौडेलले ८१ बलमा २ चौका र २ छक्कासहित ८० रन बनाउँदा ऐरीले ३ चौका र ४ छक्कासहित ६९ रन जोडे । 

ओपनर देव खनालले ५७ रनको अर्धशतकीय पारी खेल्दा अर्का ओपनर आशिफ शेख भने ७ रन बनाए । इशान पाण्डेले २९ रन बनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार