बडादशैंमा उपत्यका बाहिरिने करिब ५ लाख, काठमाडौंमा सवारी कडाई

35 Shares

काठमाडौं । बडादशैं मनाउन वा अन्य कामले काठमाडौं उपत्यका छाड्ने यात्रुहरूको संख्या ४ लाख ९६ हजार नाघेको छ । यो तथ्यांक घटस्थापनादेखि यताको हो । 

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार आइतबारसम्म ७८ हजार सार्वजनिक सवारीसाधनले उपत्यका छाडेको र ४ लाख ९६ हजार यात्रु बाहिरिएका  छन् । 

हालसम्मको आँकडा अनुसार महअष्टमीको दिन घर फर्कने यात्रुहरूको चाप सबैभन्दा धेरै छ ।  साथै, निजी सवारी साधनबाट बाहिरिने यात्रुको तथ्यांक आइनसकेको उनले बताए ।

उपत्यका छाड्को संख्या बढ्सँगै उपत्यकाका सडकमा सवारी साधनको चाप घटेको छ । तीव्र गतिमा सवारी चलाउने, लापसे–मापसे गर्नेहरुलाई कडाइ गरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार