नेपाल-चीन कनेक्सन : तातोपानी नाका आजदेखि तीन दिन खुल्ने

55 Shares

काठमाडौं । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि  खुल्ने भएको छ ।

उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो । मालवाहक सवारीसाधनलाई मात्र यो नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो ।

यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार