नेपाली कांग्रेसले खुलामञ्चको मर्मत गर्ने

7 Shares

काठमाडौं । नेपाली कांग्रेसले खुलामञ्चका संरचना आफैँले मर्मत गर्ने भएको छ। 

सार्वजनिक पूर्वाधार र वातावरणीय संवेदनशीलताप्रति उच्च जिम्मेवारी दर्शाउँदै कांग्रेसले ऐतिहासिक खुलामञ्च परिसरका संरचना आफ्नै खर्चमा मर्मत गरिदिने भएको हो। कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति भएका    थिए । 

कांग्रेसले यही असोज १८ देखि २३ गतेसम्म खुलामञ्चमा आफ्नो पन्ध्रौँ महाधिवशेन आयोजना गरेको थियो। यस क्रममा क्षति भएका खुलामञ्चका संरचना पुरानै सुन्दर र हराभरा अवस्थामा फर्काउन कांग्रेसले आफ्नै खर्चमा नयाँ दुबो रोप्ने तथा मर्मत सम्भार गर्ने सम्झौता गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार