घमेशको स्वर र रामेश्वरको अभिनयमा नरोउ सानु सार्वजनिक (भिडियो)

49 Shares

काठमाडाैं । गायक घमेश दुलालको स्वरमा नरोउ सानु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

परदेशमा बस्नुपरेको पीडालाई गीतमार्फत घर फर्किन घरमा परिवारले कुरिरहेको विषयलाई उतारिएको छ। दुलाललाई सोनी बिसीले स्वरमा साथ दिएकी छन्।

गीतमा नारायण दंगालले एरेन्ज तथा संगीत संयोजन गरेका छन् भने रेकर्डिस्टका रूपमा सागर पुनले काम गरेका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ कुमार सानु पुनले गरेका हुन्। 

भिडियोमा रमेश्वर जंग केसी, सोनी बीसी, नेत्रप्रसाद भुसाल र काव्या भुसालको अभिनय रहेको छ। भिडियोको निर्देशन निरेन श्रेष्ठले गरेका छन् भने सहायक निर्देशन नितिन वाइबाले सम्हालेका छन्।

त्यसैगरी, भिडियोमा सुनील भण्डारीको छायांकन, पुनम चौधरीको मेकअप तथा रोशन धितालको सम्पादन र कलरिङ रहेको छ।

गीत परदेशमा रहेको श्रीमान र श्रीमतिबीच धन कमाउने र अत्यास लागेको विषयमा केन्द्रित छ। गीतमा कलाकार रामेश्वर जंग केसीले जीवन्त अभिनय गरेका छन्। केसीको अभिनयमा केहि चलचित्र तथा म्यूजिक भिडियोहरु सार्वजनिक छन्। 

भिडियोः

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार