नेपालमा भारी वर्षा कहिलेसम्म ? कहाँ-कहाँ जारी गरियो चेतावनी ?

13 Shares

काठमाडौं । नेपालमा अब भोलि (शुक्रबार) सम्म वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबारदेखि भने मौसममा क्रमिक सुधार आउनेछ । हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा भइरहेको छ ।

गण्डकी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षासमेत भएको विभागले जनाएको छ । बुधबार पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना बढी रहेको छ भने बिहीबार वर्षा केही कम हुने अनुमान छ ।

शुक्रबार पूर्वी क्षेत्र र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । विभागले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पहेँलो चेतावनी जारी गरेको छ ।

धान काट्ने तथा भित्र्याउने समय भएकाले किसानलाई मौसमको पछिल्लो सूचना लिएर मात्र कृषि कार्य गर्न विभागले आग्रह गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया