गगन विश्वले गरे कांग्रेस महाधिवेशन स्थगित, विशेष महाधिवेशनमा जाने निर्णय

243 Shares

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरेका छन् । 

नियमिोत महाधिवेशन स्थगित गरेका महामन्त्रीद्वय गगन-विश्वले विशेष महाधिवेशनको मागलाई सम्बोधन गर्ने जिम्मेवारी केन्द्रीय कार्यालयको भएको बताएका छन्।

"५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरबाट दर्ता गराएको विशेष महाधिवेशनको मागको समाधानका लागि प्राथमिक विकल्प नियमित महाधिवेशन थियो। तर, नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने परिस्थितिका कारण विशेष महाधिवेशनलाई विकल्पको रूपमा अघि ल्याइएको हो।" संयुक्त रुपमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ । 

यसैगरी, उनीहरूले पार्टीको विधानको धारा १७ को २ अनुसार विशेष महाधिवेशन सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी रहेको स्पष्ट पारेका छन्। "पार्टीको विधान बमोजिम, विशेष महाधिवेशनको माग सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो र यो कार्य सर्वसम्मतिका साथ अगाडि बढाइनेछ," उनीहरूको भनाइ छ।

विज्ञप्तिः

gagan-biswa-press.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार