राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनः भीम रावल

36 Shares

काठमाडाैं । मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले राष्ट्रिय स्वाभिमान, राजनीतिक स्थायित्व र बाह्य हस्तक्षेपविरुद्ध सशक्त रुपमा उभिनु पर्नेमा जोड दिदै कम्युनिष्टहरु एकजुट भएर राष्ट्रको रक्षाका लागि उभिन नसके नेपालीले क्षेप्यास्त्र खाने दिन धेरै टाढा नरहेको दाबी गरेका छन् ।

‘आज हाम्रो घरमा आगो लाग्यो आगो खायौं । तर म भन्छु  देशभक्त, प्रगतिशील कम्युनिष्टहरु एकतावद्ध र निस्वार्थ भएर र नेतृत्वले पनि देशभक्त पार्टी बनाउँछु भनेर कम्मर कसेन भने माफ गर्नुहोला मैे तपाईलाई तर्साएको होइन । अब हाम्रा क्षेप्यास्त्र खाने दिन धेरै टाढा छैनन् ।', नेता रावलले भने, 'त्यसैले नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाऔँ, क्षेप्यास्त्र रोकौं । बाहिरी हस्तक्षेप र देशलाई टुक्रिनबाट रोक्नको लागि नेपाली कम्युनिष्ट पार्टीलाई बलियो बनाएर लैजानुपर्छ ।’

एमाले अध्यक्ष केपी ओलीको सत्ता स्वार्थ र अंहकारका कारण तत्कालीन नेकपा नटिकेको आरोप रावलको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार