सरकारले अनुमति नदिएपनि प्रदर्शनमा उत्रिनुः ओली

35 Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी  ओलीले पार्टीका युवाहरुलाई सडकमा उत्रन निर्देशन दिएका छन् । 

अध्यक्ष ओलीले संविधानअनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिएपनि सडक प्रदर्शनमा उत्रिन निर्देशन दिएका हुन्  । 

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै ओलीले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले अनुमति नदिएपनि केही फरक नपर्ने जिकिर गरे । अध्यक्ष ओलीले प्रदर्शनका लागि सरकारलाई जानकारी दिन युवाहरुले सक्ने भएपनि स्वीकृति नभएपनि नडराई प्रर्दशनमा उत्रनुपर्ने बताए । 

‘युवाहरुले सरकारलाई यो कुरा भन्न लजाउनु पनि पर्दैन, डराउनुपनि पर्दैन । धक मान्नु पनि पर्दैन खुलेर भन्नुस्–शान्तिपूर्ण प्रर्दशन हाम्रो अधिकार हो । हामी नाजायज विरोध गर्दैनौं । जायज विरोध हाम्रो अधिकार हो भन्नुस् । र प्रर्दशनमा जानकारी दिनुहोस् । प्रशासनलाई जानकारी दिनुहोस् । हामीलाई लुकेर गर्नु छैन । जानकारी दिनुस । अहिले पनि हामी यसरी गर्दैछौ स्वीकृति दिनुस भनेर भन्नुस् । स्विकृति दिनुहुन्न भने स्विकृति चाहिँदैन, सडक उत्रनुस् । ओलीले निर्देशन दिए, 'संविधान भन्दा सिडिओको आदेश माथि हुँदैन । सिडियोको आदेशले संविधान काटदैन । के भएर बन्नुभयो प्रधानमन्त्री ? संविधानले त दिँदैन । प्रधानमन्त्री पनि असंवैधानिक, सिडियोका कुरा पनि असंवैधानिक । मन्त्रीका कुरा पनि असंवैधानिक । यस्तो हुुनु हुँदैन ।’ 

अध्यक्ष ओलीले सरकारले जेन–जी आन्दोलनका अपराधीहरुलाई कारबाहीको दायरामा ल्याउने काम नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार