सन्दीप लामिछाने किन परे क्यानको निलम्बनमा ?

120 Shares

काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेमाथि क्यानले कारबाही गरेको खुलासा भएको छ । 

युएईमा भएको टेष्ट राष्ट्र वेस्ट इन्डिजबीचको सिरिजको पहिलो खेल सुरु हुनु ४५ मिनेटअघि नखेल्ने निर्णय गरेको भन्दै सन्दीपले निर्णय सुनाएपछि क्यानले कारबाही गरेको खुलेको हो ।

क्यानका सचिव पारस खड्काले एक विज्ञप्ति जारी गर्दै सन्दीपले किन खेलेनन भन्ने विषयमा प्रष्ट पारेका हुन् । सेप्टेम्बर २७ देखि ३० सम्म सञ्चालन भएको नेपाल र टेष्ट राष्ट्र वेस्ट इन्डिजबीचको सिरिजको उपाधि नै नेपालले जितेको थियो ।

सन्दीपको अप्रत्याशित निर्णयले टिम म्यानेजमेन्ट, खेलाडीहरू र सम्पूर्ण नेपाली क्रिकेटमा गम्भीर असर परेको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। टिम म्यानेजमेन्टको सिफारिसअनुसार सन्दीप लामिछानेलाई सिरिजको बाँकी खेलहरूका साथै सम्पूर्ण सिरिज अवधिभरका लागि निलम्बन गरिएको छ।

सन्दीप लामिछानेको निलम्बनसँगै नेपाली टिमले प्रतियोगितामा ध्यान केन्द्रित गरिरहेको छ। आगामी अक्टोबर ८ देखि १७ सम्म ओमानमा आयोजना हुने  ICC Men's T20 World Cup Asia/EAP Final प्रतियोगिता नेपाली टिमको अर्को ठूलो लक्ष्य हो। प्रतियोगितामा विजयी भई सन् २०२६ मा हुने टी-२० विश्वकपमा स्थान बनाउने उद्देश्यसहित नेपाली टिम आजै युएईबाट ओमान प्रस्थान गरिसकेको छ।

१६ सदस्यीय नेपाली टिमले ओमानको चुनौतीपूर्ण परिस्थितिमा देशको झण्डा गौरवका साथ फहराउने अपेक्षा गरिएको छ। संघले विश्वकपको ढोका खोल्ने यस निर्णायक अभियानमा सबैको साथ र समर्थन अपरिहार्य रहेको पनि स्पष्ट पारेको छ।

ok.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार