ओलीको पासपोर्ट रोक्कादेखि यात्रा प्रतिबन्धमा एमालेको गम्भीर आपत्ति

120 Shares

काठमाडाैं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी ओली लगायतका पाँच जनाको पासपोर्ट रद्द गर्ने निर्णयमाथि आपत्ति जनाएको छ ।

अन्तरिम सरकार राजनीति प्रतिशोधमा उत्रिएको आरोप लगाउदै एमाले सचिवालय बैठकले दशैंको मुखमा यात्रा अनुमतिदेखि राहदानी रोक्का जस्ता विषयले एमाले गम्भिर बनेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

आइतबार गुण्डुमा बसेको पार्टी सचिवालय बैठकले सरकारले गरेको उक्त निर्णयको सिफारिप्रति पार्टीको गम्भीर आपत्ति जनाएको हो ।

‘राहदानी रोक्काका लागि गरिएको सिफारिस गरिएको भनेर आएका समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । हाम्रो गम्भीर आपत्ति छ,’ उपमहासचिव ज्ञवालीले भने ।

यस्तै, एमालेले असोजमै केन्द्रीय समिति बैठक समेत डाकेको छ ।

गृहमन्त्रालयले जेनजी आन्दोलनको विध्वंशमा अनुसन्धान नगर्न भन्दै सार्वजनिक गरेको सूचनामा समेत एमालेले गम्भीर शंका व्यक्त गरेको छ । 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार