ओली, लेखकसहित अन्य तीनजनाको पासपोर्ट रोक्का, काठमाडाैं छाड्न पनि अनुमति लिनुपर्ने

141 Shares

काठमाडाैं । अन्तरिम सरकारले जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली, पूर्वगृहमन्त्री रमेश लेखकसहित अन्य तीन जनालाई विदेश यात्रामा रोक लगाएको छ ।

आयोगको सिफारिसमा गृहमन्त्रालयले ओली, लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजालको पासपोर्ट रोक्का गर्ने निर्णय गरेको हो । योसंगै उनीहरु अब विदेश यात्रा गर्न पाउने छैनन् । काठमाडाैं उपत्यका छाड्न परेमा समेत अनुमति लिनुपर्नेछ । 

जेनजी आन्दोलन दमनवारे जाँचबुझ गर्न गठित आयोगको सिफारिसमा उनीहरूलाई विदेश जान रोक लगाएको हो । विदेशमा उपचारका लागि जानु पर्ने स्थिति आएमा समेत अनुमति लिनुपर्ने बाध्यता उनीहरुमा आइलागेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार