ओली र लेखकसहित ५ जनाको पासपोर्ट रोक्का, विदेश यात्रामा प्रतिबन्ध

107 Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकसहित पाँच जनाको पासपोर्ट रोक्कासहित विदेश जान रोक लगाउनका लागि सिफारिस गरिएको छ। 

ओली र लेखकसंगै पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा, र पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश यात्रामा रोक लगाउन सिफारिस गरिएको हो ।

जेनजी आन्दोलनमा अस्वाभाविक बल प्रयोग गरेको कारण उनीहरूविरुद्ध अनुसन्धान भइरहेको बताइएको छ र यसका निम्ति गठित न्यायिक जाँचबुझ आयोगले यात्रा रोक्ने निर्णय गरेको हो। अब यो सूचीमा रहेका ५ जना उपत्यकाबाहिर जानका लागि आयोगको अनुमति लिनुपर्नेछ।

आयोगको निर्णय अनुसार, भाद्र २३ र २४ गतेका घटनाहरूको छानबिन र जाँचबुझका क्रममा यी व्यक्तिहरूलाई विदेश जान रोक लगाइएको हो। आयोगले ओली, लेखकसहित सम्बन्धित व्यक्तिलाई जतिबेला पनि उपस्थिति हुनुपर्ने कारण देखाउदै यात्रा प्रतिबन्ध लगाएको हो ।

ओलीमाथि यात्रा प्रतिबन्ध लाग्ने निर्णय भएकै बेला गुन्डुमा ओलीको अध्यक्षतामा एमाले सचिवालय बैठक बसिरहेको छ । 

यता, पूर्वगृहमन्त्री रमेश लेखक अहिले आमाको काजक्रियामा छन् । हुतराज थापा र छविलाल रिजाल पनि जिम्मेवारीबाट हटाइएका छन् । 

aayog_Press_Release.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार