काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूले अध्यक्ष पद त्याग गरेको घोषणा गरेका छन् ।
शुक्रवार काठमाडौंमा सम्पन्न केन्द्रिय समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले अब आफू अध्यक्ष नरहेको र आफू अब महाधिवेशन आयोजक समितिको संयोजक मात्रै रहेको बताए ।
‘आज केन्द्रिय समितिको बैठक सम्पन्न भयो । अब म अध्यक्ष रहिनँ, अब म संयोजक मात्रै हो ।’ प्रचण्डले संक्षिप्त प्रतिक्रिया दिदै भनेका छन् ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक बिहीवार र शुक्रबार काठमाडाैंमा चलेको थियो ।