
देशका मुख्य सबै प्रशासनिक क्षेत्र आन्दोलनकारीले नियन्त्रणमा लिएका छन् । प्रधानमन्त्रीले पनि राजीनामा दिइसकेका छन् । सिंहदरबार क्षेत्रमा जेनजी आन्दोलनकारीले आगजनी गरेका छन् । सबै क्षेत्रमा सुरक्षाकर्मीले करिब सलेण्डर गरिसकेको छ । ज्यान जोगाएर आन्दोलनमा सरिक हुन आग्रह प्रहरीले गरिरहेको छ । आन्दोलनकारीले पत्रकारहरुमाथि पनि आक्रोश पोखिरहेकाले संयमता अपनाउन आग्रह गरिएको छ ।