शेखरले दिए आफू पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन

38 Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका छन् ।

सरकारको औचित्य समाप्त भएको भन्दै कोइरालाले आफू पक्षिय मन्त्रीहरुलाई राजीनामा दिन आदेश दिएका हुन् । 

चीन भ्रमणमा रहेका कोइरालाले फोनमा मन्त्रीहरुलाई राजीनामाको निर्देशन दिएको बताइएको छ।  

कोइराला चीन भ्रमण छोट्याएर आजै बेलुका फर्किन लागेको बताइन्छ । 

कांग्रेस संस्थापनइतरबाट वर्तमान सरकारमा पर्यटनमन्त्री बन्द्री पाण्डे, स्वास्थ्यमन्त्री प्रदीप पौडेल र खेलकुद् मन्त्री तेजुलाल चौधरी छन् ।

शेखर पक्षीय एक नेताले नेता कोइरालाले फोन गरेर राजीनामा गर्न निर्देशन दिएको जानकारी गराए । कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामाको तयारी गरिरहेको बताइएको छ। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार