पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नविकरण हुँदैन, मिल्दैनः ओली

57 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण हुन नसक्ने स्पष्ट पारेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भण्डारीले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नुअघि आफैंले पार्टी सदस्यता त्याग गरेको जानकारी गराए ।  "पूर्वराष्ट्रपतिजीको सदस्यता पार्टीले खोसेको होइन, उहाँले स्वयं परित्याग गरेर जानुभएको हो," ओलीले भने।

राष्ट्रपति पदबाट अवकाशपछि भण्डारीले एमाले सदस्यता नविकरणका लागि कुनै निवेदन नदिएको र पार्टीसँग संवाद नगरेको पनि ओलीले बताए ।  उनले थपे, “सदस्यता नै नभएको व्यक्तिको नविकरण हुँदैन, कर्मचारी झुक्याएर रसिद लिँदैमा सदस्यता हुँदैन।”

ओलीले पार्टीले दुई पटक राष्ट्रपति बनाएको व्यक्तिले फर्किएर पार्टीमा समस्या खडा गर्ने कल्पनासमेत नगरेको बताए ।  साथै, उनले भण्डारीमाथि परोक्ष रूपमा चुनाव हारेका व्यक्तिहरूलाई भेला गराएर पार्टीविरुद्ध गतिविधि गरिरहेको आरोपसमेत लगाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार