पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

163 Shares

काठमाडाैं । निर्वाचन आयोगकी पूर्वआयुक्त इला शर्माको निधन भएको छ ।

छातिको दुखाइपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी शर्माको शनिबार साँझ ७ बजे उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 

पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर थिइन् ।

शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् ।

उनी २०६९ फागुनदेखि २०७५ फागुनसम्म निर्वाचन आयुक्तको जिम्मेवारीमा थिइन्।

शर्माको २०२३ साल कात्तिकमा जन्म भएको थियो। उनको बाल्यकाल भने भारतकाे बनारसमा बितेकाे थियाे। उनको दाहसंस्कार आइतबार गरिनेछ। उनका दुई छोरी छन्। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार