वाइसीएलले दुई महिने श्रम र उत्पादन अभियान सञ्चालन गर्ने

121 Shares

काठमाडाैं । योङ कम्युनिस्ट लीग नेपाल (वाइसीएल)ले दुई महिने श्रम र उत्पादन अभियान सञ्चालन गर्ने भएको छ । 

भर्चुअल माध्यममा बसेको वाइसीएलको केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकले दुई महिने श्रम र उत्पादन अभियान सञ्चालन गर्ने भएको छ । 

वाइसीएल अध्यक्ष पुष्प ओलीको अध्यक्षतामा बसेको बैठकले श्रम र उत्पादनमा वाइसीएल भन्ने नाराका साथ दुई महिने अभियान सञ्चालन गर्न लागेको वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा 'दिपशिखा'ले जानकारी दिएका छन् । 

अभियानको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साउन १ गते उद्घाटन गर्नेछन् । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार