भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा सिकाउन मिल्दैनः गृहमन्त्री

111 Shares

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरुले नैतिकताका कुरा नसिकाउन चेतावनी दिएका छन् । 

प्रतिनिधिसभा बैठकमा बोल्दै गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि भिजिट भिसामै अमेरिका गएर नागरिकता लिएको स्मरण गराउदै भिजिट भिसाको दुरुययोग भएको आरोप लगाएका हुन् । 

गृहमन्त्री लेखकले भने, ‘जो साथीहरुले कुरा उठाइरहनुभएको छ, मैले एउटा करा सुनेको छु, सुनेको कुरा जान्ने साथीहरुलाई थाहा होला र मलाई पनि जानकारी छ । मान्य रवि लामिछाने जी यही सम्मानित सदनको सदस्य रहनुभएको थियो । उहाँ कुनै समय अमेरिकाको भिजिट भिसामै भिजिट गर्न जानुभएको भन्ने सुनेको छु । भिजिटरको रुपमा जाने भनेको भिजिट भिसा नै हो । उहाँ भिजिटरको रुपमा अमेरिका जानुभएको हो की होइन ? होइन भने के भिसामा जानुभएको हो ? त्यो जानकारी गराइदिनुहोला । भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यसै देशको नागरिकता लिएर बस्न पाइन्छ की पाइँदैन । त्यो भिजिट भिसाको दुरुपयोग हो की होइन । अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीका नेताका कार्यकर्ताहरुले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ की हुँदैन । नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने की आफूबाट प्रारम्भ गर्ने ? यति कुरा मैले आजसम्म भनेको थिइँन । तर साथीहरुले अलि गर्न नहुनेतिर बढी लाग्नुभएको छ ।’

नैतिकताको प्रश्न अरुबाट अपेक्षा गर्ने भन्दा आफूबाट लागू गर्न आग्रह समेत गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार