
काठमाडाैं । नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरु उतै बसेको भन्दै सांसदहरुले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका हुन् ।
संसदको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी ओलीसँग सपेन भ्रमणमा गएका केही मानिसहरु नफर्किएको समाचारहरुमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराएकी थिइन् ।
रास्वपाको यस्तो आरोपपछि मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरु संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौति दिदै यस्ता कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गरे ।