प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल जारी रहने

577 Shares

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद भवन, बानेश्वरमा सो बैठक बस्नेछ । बैठक आज बिहान ११ बजे शुरु हुनेछ ।

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०–०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ। सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिवार पनि छलफल जारी रहने भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार